यस्तो पनि...

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

एकै खेलमा क्लोजका तीन हेडिङ गोल

जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले विश्वकपमा १६ गोल गरेका छन् । उनको यो कीर्तिमान अर्जेन्टिनी कप्तान लियोनल मेसीले चालू विश्वकपमा तोडेका थिए  । विश्वकपमा क्लोजको नाममा एउटा दुर्लभ रेकर्ड छ । सन् २००२ को विश्वकपमा उनले एउटै खेलमा तीन हेडिङ गोल गरेका थिए । समूह चरणमा उनले साउदी अरेबियाविरुद्ध गरेको तीन गोल नै हेडिङ थियो । यस्तो सफलता चुम्ने उनी पहिलो फुटबलर हुन् । 

विश्वकपको पहिलो सहभागितामै उनले पाँच गोल गरेका थिए । सन् २००६ को विश्वकपमा उनले आफ्नो फर्मलाई निरन्तरता दिए । घरमै आयोजना भएको विश्वकपमा उनले पाँच गोल गरे । यो संस्करणमा उनले गोल्डेन बुट हात पारे । सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा क्लोजले चार गोल गरे । सन् २०१४ को विश्वकपमा उनले दुई गोल गर्दै ब्रािजलका रोनाल्डोको नाममा रहेको सर्वाधिक १५ गोलको रेकर्ड तोडे । विश्वकपमा क्लोज एकपटक विश्वविजेता तथा उपविजेता बनेका छन् । सन् २००६ र २०१० मा जर्मनी तेस्रो हुँदा उनले कांस्य हात पारेका थिए । विश्वकपमा १६ गोल गरेका क्लोजले एकपटक पनि पेनाल्टमिा गोल गरेनन् ।

सुझावित समाचार