समर्थकलाई सप्तरंगी झन्डा बोक्न छुट

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण
  • फिफाको पछिल्लो निर्णयपछि इरान र इजिप्टका समर्थकले रंगशाला र अमेरिकाको विभिन्न सहरमा झन्डा लैजान पाउनेछन् । यसअघि उनीहरूलाई झन्डा बोक्न प्रतिबन्ध थियो ।

फिफाले विश्वकप फुटबल प्रतियोगितामा सप्तरंगी झन्डा रंगशालामा लैजान मिल्ने निर्णय गरेको छ । फिफाले बिहीबार सहभागी राष्ट्रका समर्थकले झन्डा बोक्न पाउने जनाएको हो । यसअघि फिफाले इरानका समर्थकलाई उनीहरूको झन्डा अमेरिकामा बोक्न र रंगशालामा लैजान प्रतिबन्ध लगाएको थियो । इरानको मात्र नभएर इजिप्टका समर्थकलाई पनि यस्तै प्रतिबन्ध लगाइएको थियो । फिफाको पछिल्लो निर्णयपछि इजिप्ट र इरानका समर्थकले विश्वकपमा राष्ट्रिय झन्डा प्रयोग गर्न पाउनेछन् ।

इरानले अब विश्वकपको समूह चरणको अन्तिम खेल सियाटलमा खेल्दै छ । यस सहरको एलजिबिटिक्यूले समर्थकलाई राष्ट्रको झन्डा विश्वकपमा प्रदर्शन गर्न पाउनुपर्ने जनाउँदै आएको थियो । ‘विश्वकपमा आएका सबै खेलाडी र समर्थक पाहुना हुन् । उनीहरूलाई सम्मान गर्नुपर्छ ।

यसकारण केही समयदेखि प्रतिबन्ध लगाइएको झन्डा प्रयोग गर्न पाउनुपर्ने दबाब दिएका थियौँ,’ एलजिबिटिक्यूले जनाएको छ । विश्वकप ड्रमा इरान र इजिप्टको अन्तिम खेल यसै सहरमा परेको थियो ।

एलजिबिटिक्यूले मुस्लिम राष्ट्रका समर्थकलाई खराब नजरले नहेरेको जनाएको छ । ‘इजिप्ट र इरान फरक समुदायका भए पनि हामी एकै नजरले हेर्छौँ । फुटबलमा कसैलाई पनि भेदवाद गर्नुहुँदैन,’ एलजिबिटिक्यूले भनेको छ, ‘राष्ट्रको झन्डा बोक्नु गौरव पनि हो । कसैलाई यो अधिकार वञ्चित गराउन मिल्दैन ।’ इरान र इराक विश्वकपबाट लगभग बाहिरिसकेका छन् । नकआउट चरणमा प्रवेश गर्ने सम्भावना खासै नभएकाले फिफाले उनीहरूको झन्डा प्रयोग गर्न दिइएको एजेन्सीले जनाएको छ । ‘अहिले विश्वकपका समूह चरण समाप्तिमा छ । इरान र इजिप्टका समर्थकलाई झन्डा प्रयोग गर्न नदिने पुरानो निर्णयलाई अहिले रद्द गरिएको छ,’ फिफाले भनेको छ ।

मेला आयोजना हुँदै
सियाटलले यसै साता विशेष किसिमको मेला आयोजना गर्दै छ । जसमा विश्वकपमा सहभागी सबै राष्ट्रको झन्डा प्रदर्शन गरिने उनीहरूको प्रमुख योजना हो । जबसम्म इरान र इजिप्टको झन्डा समावेश हुँदै त्यसवेलासम्म सियाटलको मेलाले पूर्णता पाउने थिएन । यसकारण एलजिबिटिक्यूले सहभागी ४८ राष्ट्रको झन्डा प्रदर्शन गराउन दबाब दिएको हो । ‘मेलाको अवसरमा समर्थकहरूले एकआपसमा सद्भाव राख्नेछन् । यसमा उनीहरूले एकआपसका झन्डासमेत चिन्ने अवसर पाउनेछन्,’ फिफाले जनाएको छ ।

यसैबिच मानव अधिकारले पनि विश्वकपमा सहभागी राष्ट्रको झन्डा प्रयोग गर्न पाउनुपर्ने भन्दै दबाब दिएको थियो । ‘विश्वकपमा सहभागी सबैलाई एकै किसिमको व्यवहार हुनुपर्छ । त्यसमा पनि राष्ट्रको झन्डा बोक्नै नपाउने भन्नु न्यायचित भएन,’ मानव अधिकारवादीहरूले भनेका छन्, ‘हामीले यसको सुरुदेखि नै विरोध गरेका थियौँ । इरान र इजिप्टका समर्थकले झन्डा बोक्दैमा विश्वकपमा केही पनि नराम्रो गतिविधि हुँदैन ।’

यसैगरी, इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले राष्ट्रिय झन्डा समर्थकले बोक्ने अवसर पाउँदा खुसी लागेको बताए । ‘फिफाले इरान र इजिप्टका झन्डा रंगशालामा लैजान पाउने निर्णय गरेको छ ।

यसमा हामी सबै खुसी छौँ,’ मेहदीले भने, ‘समर्थकले पनि फरक अनुभव गरेको हुनुपर्छ ।’ इजिप्टले विश्वकपअगाडि नै रंगशालामा समर्थकले झन्डा लैजान पाउनुपर्ने आग्रह गरेको थियो ।फिफाले रंगशालामा फरक सन्देश जाने भन्दै इजिप्टको आग्रह अस्वीकार गरेको थियो । अहिले एलजिबिटिक्यूको दबाबमा फिफाले इजिप्टको पछिल्लो आग्रह स्वीकार गरेको छ । ‘एक देशको संस्कृतिको जानकारी पाउने स्रोत पनि झन्डा नै हो । यसमा धर्म, संस्कृति र सामाजिक विषयवस्तु झल्काइएको हुन्छ,’ एलजिबिटिक्यूले जनाएको छ ।

See More On

सुझावित समाचार