भक्तपुरमा बर्डफ्लु पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिकाका वडा नं. २, ८ र ९ मा रहेका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि ३८ हजार ७९५ वटा कुखुरा नष्ट गरिएको छ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकाका वडा नं. १, ४ र ८ मा रहेका फार्ममा पनि संक्रमण पुष्टि भएपछि नौ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको उनले जानकारी दिए।

डा. श्रेष्ठका अनुसार संक्रमण फैलिन नदिन बर्डफ्लु पुष्टि भएका फार्मका सबै कुखुरा नष्ट गरिएको हो। हालसम्म जिल्लाभर कुल ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ।

सुझावित समाचार