बुधबार १० बजेसम्मका मुख्य १० खबर

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

मन्त्रीहरूले पाँचजनासम्म विशिष्ट श्रेणीका सल्लाहकार राख्न पाउने 
सरकारले पाँचजनासम्म विशिष्ट श्रेणीका सल्लाहकार राख्न पाउने गरी मन्त्रीहरूको सचिवालयलाई जम्बो बनाउने निर्णय गरेको छ । गत २ असारमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापनसम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरी मन्त्रीहरूको सचिवालय सुविधा थप गरेको हो ।

 मनसुनभर जुनसुकै बेला गाडी रोक्न सकिने मनसुन प्रतिकार्य कमान्ड पोस्टको निर्णय 
मनसुन सुरु भएसँगै अब देशका राजमार्गमा जुनसुकै बेला सवारी आवागमन रोक्न सकिने भएको छ। बाढी, पहिरो र डुबानको जोखिम बढेपछि ‘मनसुन प्रतिकार्य कमाण्ड पोष्ट’ ले मनसुन अवधिभर मौसमको अवस्था र विपद्को गम्भीरता हेरेर राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सडकखण्डमा सवारी सञ्चालन रोक्न ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बुधबार गरेको हो।

गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा चेतना पौडेल पक्राउ 
आफू चिकित्सक भएको भनेर बिरामीलाई भ्रममा राखी उपचार गरेको आरोपमा चेतना पौडेललाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी( ८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार पक्राउ गरेको हो। 

ट्राफिक प्रहरीले ड्युटीको समयमा चालकसँग हात मिलाउन नपाउने
ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्।

ट्राफिक प्रहरीले ड्यटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट
पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रीमती दोमाया पौडेलले थुनामुक्त गर्न माग गर्दै बुधबार रिट दर्ता गराएकी हुन्।

करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले मंगलबार अनुमति दिएको छ।

गैरकानुनी रूपमा नेपाल बस्दै आएका २४ बंगलादेशी पक्राउ
पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएर पनि नेपालमा बस्दै आएका २४ बंगलादेशी काठमाडौंबाट पक्राउ परेका छन्। गैरकानुनी रूपमा नेपालमा बस्दै आएका उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।

माछापोखरी चोकमा झन्डै सात सय मिटर लामो फ्लाई ओभर निर्माण हुने
चीनले बनाएको डिपिआरअनुसार माछापोखरी चोकमा करिब सात सय मिटर लामो फ्लाई ओभर निर्माण हुने भएको छ। चक्रपथको पश्चिम दिशाबाट माछापोखरी चोक हुँदै त्रिशूली ९उत्तर०तर्फ आवतजावत गर्ने सवारीसाधनका लागि फ्लाई ओभर निर्माण गरिनेछ ।

प्रभु बैंकको कर्जा हिनामिना प्रकरणः जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे जेल चलान 
प्रभु बैंकको कर्जा हिनामिनामा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्जालक ओमप्रसाद (ओपी) पाण्डे जेल चलान भएका छन्। बैंकिङ कसुरको मुद्दामा उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। न्यायाधीशहरू टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो। 

ललितपुर महानगरले ल्यायो सात अर्ब ४८ करोडको बजेट 
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३र८४ का लागि सात अर्ब ४८ करोडको बजेट ल्याएको छ। उपप्रमुख मञ्जली शाक्यले बुधबार नवौँ नगरसभाको तेस्रो बैठकमा सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट पेस गरिन्। उनले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेट चालू वर्षकै हाराहारीमा छ।

गर्मी बढेपछि वीरगन्जका विद्यालयमा बिदा
गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले बिहीबारदेखि लागू हुने विद्यालयहरूमा बिदा दिएको छ। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको हो।

सुझावित समाचार