श्रममन्त्री यादवले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘खुल्ला मधेशी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मन्त्री यादवले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। आफ्नो उम्मेदवारीले मधेशी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने उनको विश्वास छ। 

सुझावित समाचार