हर्मुजको नाकाबन्दी अन्त्य भएको ट्रम्पको घोषणा

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै स्ट्रेट अफ हर्मुजको ‘नौसेना नाकाबन्दी अन्त्य भएको’ घोषणा गरे । ‘यद्यपि, आवश्यक परेमा पुनः नाकाबन्दी लगाउन सक्ने’ ट्रम्पले बताए ।

ट्रम्पले तेहरान ‘उच्चस्तरको आणविक निरीक्षणमा पूर्ण रूपमा सहमत भएको’ पनि दाबी गरे । ‘यदि तिनीहरू यसमा सहमत भएनन् भने, थप वार्ता हुनेछैन,’ ट्रम्पले ट्रुथ सोसियल नामक सामाजिक सञ्जालमा लेखेका छन् । 

ट्रम्पको घोषणा इरान युद्ध अन्त्य गर्ने सम्बन्धमा स्विस सहर बर्गेनस्टकमा पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न पहिलो चरणको महत्वपूर्ण वार्तापछि आएको हो । सम्झौताको एक हिस्साको रूपमा अमेरिकाले आफ्ना बैंकमा रोकिएका इरानी कोषको झन्डै १२ अर्ब डलर निकासा गर्नेछ ।

वार्तापछि अमेरिकाले इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि अस्थायी रूपमा खुकुलो पार्ने घोषणा पनि गरेको छ । जुन व्यवस्थाअनुरूप अब अगस्ट २१ सम्म इरानी तेल र पेट्रोकेमिकलले बजारमा प्रवेश पाउनेछन् । अन्तिम सम्झौतातर्फ ६०–दिने रोडम्यापसहित वार्ता सम्पन्न भयो ।

See More On

सुझावित समाचार