राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

राहदानी छपाइमा भएको अनियमिततासम्बन्धी मुद्दाका सात प्रतिवादीहरूको विशेष अदालतमा बयान सुरु भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेकोमा सातजनालाई पक्राउ गरेरै उपस्थित गराएको थियो । 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित निर्देशक सुनील केसी, सोमेश थापा, विपिन प्रसाईं, राजाराम दाहाल, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनीका एजेन्ट मणिन्द्रकुमार मल्ललाई उपस्थित गराइएको हो। उनीहरूको मंगलबारदेखि बयान सुरु भएको हो। बयानपछि हुने थुनछेक आदेशले उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ। 

विद्युतीय राहदानी छपाइको बोलपत्रमा अनियमितता गरेको आरोपमा आयोगले १० अर्ब १३ करोड बिगो कायम गरी मुद्दा दायर गरेको हो। 
 

सुझावित समाचार