अख्तियारलाई दबाबदेखि सीमाका विषयमा प्रधानमन्त्रीले दिए प्रस्टीकरण
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएकोदेखि सीमा विवादको विषयमा आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै विवादमा परेका विषयमा जवाफ दिएका हुन्।
पासपोर्ट छपाइसम्बन्धी अनियमिततामा अख्तियारसँग छलफल गरेको स्वीकार गर्दे उनले यसमा कानुन नमिचिएको बताए। पाँच घन्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म छलफल गर्न सकिने उनको भनाइ छ ।
रास्वपाले यसअघिका आन्दोलनहरूको तिरस्कार गर्दैन : सभापति लामिछाने
सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका कुनै पनि आन्दोलनको तिरस्कार नगर्ने बताएका छन्। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरूलाई विश्वस्त हुन आग्रह गरे।
देश रास्वपाको हातमा भएकाले सुरक्षित रहनेमा विश्वस्त हुन अनुरोध गर्दै उनले भने, ‘यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन। त्यो कदम हामी कदापि चाल्नेछैनौँ। म यहाँहरूलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु– रास्वपाले त्यो लाइन क्रस गर्दैन।’
रास्वपाको सफलता लोभलाग्दो छ, जनमतको सदुपयोग होस्ः गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी स्थापनाको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता लोभलाग्दो भएको भन्दै प्रशंसा गरेका छन्। रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको प्रशंसा गरेका हुन्।
अहिले रास्वपाले पाएकै जस्तै जनमत विगतमा पनि प्राप्त भएको र त्यो दुर्घटनामा परेको स्मरण गराउँदै उनले जनमतको सदुपयोग गर्न रास्वपालाई आग्रह गरे।
नेपाली कांग्रेस रास्वपाको दुश्मन नभई प्रतिस्पर्धी नभई प्रतिस्पर्धी भएको बताए। नेपाली कांग्रेस एक दिन रास्वपाभन्दा अग्लो हुने उनको भनाइ छ।
रास्वपाको सफलता नयाँ क्रान्ति, कन्स्पिरेसी थ्याैरीको कथा बुन्ने मेरो पुस्ता भ्रममा छ : भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रूपमा लिनुपर्ने बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै डा. भट्टराईले आधुनिक प्रविधिको प्रयोगमार्फत रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको बताए। तर, आफ्नो पुस्ताका नेताहरू विदेशी शक्तिलाई जोडेर ‘कन्स्पिरेसी थिअरी’ (षड्यन्त्र सिद्धान्त)को कथा बुनिरहेका भन्दै डा. भट्टराईले आपत्ति जनाए।
ज्ञवालीलाई बालेनको जवाफ–रास्वपाको गाडी ‘एक्सप्रेस वे’मा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन
प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपाको गाडी राजमार्गमा दौडिरहेकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताएका छन्। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले ब्रेक र एक्सिलेटरको ब्यालेन्स मिलाउन दिएको सुझावको जवाफमा बालेनले यस्तो बताएका हुन्।
रास्वपा र सरकारप्रति चिन्ता लिएकोमा धन्यवाद भन्दै बालेनले भने, ‘हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। हाम्रो गाडी अनियन्त्रित पनि छैन।’
समाज रूपान्तरण र सुशासनका एजेन्डामा रास्वपासँग हाम्रो निकटता छः वर्षमान पुन
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले कतिपय एजेन्डामा रास्वपा र नेकपाको निकटता रहेको बताएका छन्। आइतबार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै उनले परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा दुई दलबिच निकटता रहेको बताए ।
सम्बोधनका क्रममा उनले सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन्। महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्व विशेष रहेको उनको भनाइ थियो।
पाँच हजार किसानको सामूहिक श्रमदानबाट कुलोमा पानी
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि कुलोमा पानीको अभाव भएपछि किसानले श्रमदान गरेर पानी ल्याएका छन्। शनिबार दुई पालिकाका पाँच हजारभन्दा बढी किसानले श्रमदान गरी कुलोमा पानी ल्याएका हुन्।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई सरकारले धान सुपर जोन घोषणा गरेको छ। त्यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान लगानीसमेत गरेको छ। परियोजनामार्फत सरकारले मल, बिउ, मेसिन उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय परम्परागत रूपमा सञ्चालनमा रहेको नहरलाई आधुनिकीकरण गर्न राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले काम सुरु गरेको छ।
१७ लाखका रक्त चिस्यान उपकरण थन्किए, बाजुरामा बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिन बाध्य
रगत भण्डारणका लागि खरिद गरिएका १७ लाख रुपैयाँबराबरका उपकरण प्रयोगविहीन हुँदा बाजुरामा बिरामीका आफन्त रगतको खोजीमा भौँतारिन बाध्य भएका छन्। एकातिर अस्पतालको कुनामा रक्त चिस्यान उपकरण खिया लाग्ने अवस्थामा पुगेका छन् भने अर्कोतिर आकस्मिक उपचारका लागि आवश्यक रगत नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।
०७५ मा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयले १२ लाख रुपैयाँमा खरिद गरेको डिप–फ्रिज र नेपाल रेडक्रस सोसाइटी बाजुराले पाँच लाख रुपैयाँमा खरिद गरेको अर्को फ्रिज हालसम्म प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन्। उपकरण प्रयोगविहीन बन्दा जिल्लामा सुरक्षित रगत भण्डारण तथा वितरणको व्यवस्था अझै कमजोर बनेको छ।
रास्वपा नयाँ राजनीतिक संस्कार बसाल्न आएको हो, पुरानो पुस्तासँग लड्न होइन : स्वर्णिम वाग्ले
र्थमन्त्री एवं रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू नयाँ राजनीतिक संस्कार बसाल्न आएको बताएका छन्। चितवनमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन्।
‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौँ। त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन निर्माण हुनुपर्छ,’ उनले भने।
आजदेखि रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन लागेको उल्लेख गर्दै वाग्लेले नयाँ पुस्ता शासन चलाउन र परिणाम दिन सक्षम रहेको प्रमाणित गर्नुपर्ने प्रस्ट पारे।
वासिंटन डिसीमा नेपाली डायस्पोरा र नेपालको समृद्धिबारे अन्तर्क्रिया
नेपाली दूतावास वासिंटन डिसीको आयोजनामा 'नेपाली डायस्पोरा र नेपालको समृध्दिः व्यापार, लगानी र नवप्रवर्तनका चुनौती र अवसरहरू' विषयक कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कार्यक्रममा सानफ्रान्सिस्को क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत लक्ष्मण खनाल, टेक्सास डालासस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारी तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल सरकारको तर्फबाट आइटी अवसर, नेपालको अन्तर्राष्ट्रिय तहको व्यापार तथा आयात निर्यातको अवस्था, अमेरिकासँगको आयात निर्यातको स्थिति, नेपाली डायस्पोराले गर्न सक्ने लगानी र योगदानको बारेमा प्रस्तुति गरेका थिए।