मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार ७ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असार ७ आइतबार २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वासिंटन डिसीमा नेपाली डायस्पोरा र नेपालको समृद्धिबारे अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असार ७ आइतबार २o:१९:oo

नेपाली दूतावास वासिंटन डिसीको आयोजनामा 'नेपाली डायस्पोरा र नेपालको समृध्दिः व्यापार, लगानी र नवप्रवर्तनका चुनौती र अवसरहरू' विषयक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा सानफ्रान्सिस्को क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत लक्ष्मण खनाल, टेक्सास डालासस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारी तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल सरकारको तर्फबाट आइटी अवसर, नेपालको अन्तर्राष्ट्रिय तहको व्यापार तथा आयात निर्यातको अवस्था, अमेरिकासँगको आयात निर्यातको स्थिति, नेपाली डायस्पोराले गर्न सक्ने लगानी र योगदानको बारेमा प्रस्तुति गरेका थिए।

त्यस्तै, डायस्पोरा नेपालीहरूका तर्फबाट डा. सन्जिवन गौतमले नेपालमा क्यान्सर रोगीहरूका लागि गर्दै आएको उपचार तथा नयाँ पद्धतिको बारेमा, लोकनाथ तिवारीले अवकाशप्राप्त नेपालीका लागि नेपालमा गर्नुपर्ने आकर्षण तथा मेदिनी अधिकारीले नेपालमा गर्दै आएको योगदानको चर्चा गरेका थिए। तत्पश्चात् सहभागीहरूमध्येबाट सुदीप रायमाझी, डा. मदन उप्रेती, विष्णुकुमारी थापा, डिकबहादुर तामाङ, दीपेन लामा, सुरेश श्रेष्ठ, डा. दान पोखरेल, प्रतिमा भट्टराई, विवेक पौडेल, ददिन पाङ्डे, डा. ज्ञानी श्रेष्ठ, डा. टीकाजित राई मोहनकुमार यादव, प्रेम संग्राैला, युवा राजकर्णिकार तथा सीता पाण्डेले आआफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।

अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरणले यस किसिमको कार्यक्रम पहिलोपल्ट आयोजना गरेको र आगामि दिनमा विशिष्टीकृत कार्यक्रम गरिने बताए।

उनले नेपालीहरूले राजदूतावास खोज्दै आउने हैन, राजदूतावासले नेपाली समुदाय खोज्दै जाने लक्ष्य राखेको बताउँदै डायस्पोराका नेपालीहरूले नेपाललाई पु-याउन सक्ने योगदानको बारेमा चर्चा गरे।

कार्यक्रमको सुरुमा नेपाली दूतावासका रक्षा तथा सैनिक सहचारी सहायकरथी पूर्णप्रसाद ढकालले अनुभव र निरन्तर संलग्नताले नेपालको समृद्धिमा योगदान पुग्नेमा आशावादी भएको बताए।

क्रममा डिसी, मेरिल्यान्ड, भर्जिनिया, पेन्सिल्भेनिया, नर्थ क्यारोलाइनालगायत विभिन्न राज्यमा नेपाली संघसंस्थाका प्रतिनिधि, विविध क्षेत्रका विज्ञहरूले सहभागिता जनाएको कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाले जानकारी दिए।