मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एबिपी इनर्जीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १८:१२:oo

एबिपी इनर्जी लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबिच प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा एबिपी इनर्जी लिमिटेडका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले बुधबार आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतासँगै एबिपी इनर्जी लिमिटेडको प्रस्तावित आइपिओ निष्कासन तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइने र सो कार्यका लागि सिद्धार्थ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ।

कम्पनीको सञ्चालक समूहमा नेपालको जलविद्युत् क्षेत्रको लामो व्यावसायिक अनुभव तथा आयोजना विकाससम्बन्धी ज्ञान भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडाका साथै नेपाली प्राविधिक उद्यमी, एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक अज्गर अली रहेका छन्।

कम्पनीले विकास गरिरहेको प्रमुख आयोजना ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना हो। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका– १, घ्याङफेदी क्षेत्रमा अवस्थित उक्त आयोजना तादी खोलाको जलस्रोत उपयोग गरी विद्युत् उत्पादन गर्ने रन–अफ–रिभर प्रकृतिको जलविद्युत् आयोजना हो। यो जलविद्युत् आयोजना प्रतिमेगावाट लागत २० करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ।

आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले ऋण लगानी गर्ने गरी सम्झौता भइसकेको छ। आयोजनाको कुल लागत एक अर्ब ६४ करोड रहेकोमा सिद्धार्थ बैंक लिमिटेडले एक अर्ब २३ करोड ऋण लगानी गर्नेछ। हालसम्म आयोजनाको  करिब ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति भैसकेको छ।
 

↑