बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महाबौद्धबाट पक्राउ

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–८, रामकोटका बाबुराम श्रेष्ठ रहेका छन्। उनी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा बसोबास गर्दै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला अदालत काठमाडौंले २०८१ फागुन ४ गतेको फैसलाबाट श्रेष्ठलाई उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय सुनाएको थियो। फैसलापश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका–२७, महाबौद्ध क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार