चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ। समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ।
समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ। समाजले वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका चलचित्रहरूको अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाहरूमा उत्कृष्ट स्रष्टाहरूको छनोट गरी नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ।
समाजसँग ‘क्रिटिक्स फिल्म अवार्ड’को मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा तथा सहप्रायोजक नेपाल भलिबल लिगको फ्रेन्चाइज टिम अन्नपूर्ण स्पाइकर किङ्ग्स र ओएसआर डिजिटल रहेका छन्। अवार्डका लागि नेपाल फिल्म क्याम्पसको पनि सहकार्य रहेको छ।
यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ का विजेताहरू:
उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला)
उत्कृष्ट पटकथारलेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
उत्कृष्ट छायांकन : आलोक शुक्ला (आँखा)
उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागन्ज)
उत्कृष्ट साउन्ड डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो)
स्पेसल मेन्सन (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर)
स्पेसल मेन्सन (कला निर्देशन) : रोशन दिवाना (पूर्णबहादुरको सारंगी)
यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’का विजेताहरू
उत्कृष्ट फिल्म : ऊनको स्वीटर
उत्कृष्ट निर्देशक : नवीन चौहान (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेता : हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री : आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथा : नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायांकन : सुसन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादन : अञ्जय खड्का (भूठान)
उत्कृष्ट पार्श्व संगीत : कोविद बज्र (ऊनको स्वीटर)