एडिबीद्वारा खानेपानी तथा सरसफाइ सुधारका लागि ११ करोड ५० लाख डलर सहुलियत ऋण स्वीकृत

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी)ले नेपालका विभिन्न नगरपालिकामा खानेपानी आपूर्ति तथा सरसफाइ सेवाको स्तर सुधार गर्न ११ करोड ५० लाख अमेरिकी डलरबराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

एडिबीका अनुसार ‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’मार्फत १३ जिल्लाका आठ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

उक्त परियोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहाेरपानी व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। यसबाट नगर क्षेत्रको सरसफाइ तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको एडिबीले जनाएको छ।

सुझावित समाचार