जबर्जस्ती करणी मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दार्मा गाउँपालिका– ४ का ६७ वर्षीय टेकबहादुर चन्द भन्ने टिकबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला अदालतले ०८२ असार १० गते तीन महिना कैद र पाँच हजार दुई सय जरिवानासहितको फैसला सुनाएको थियो। फरार प्रतिवादी चन्दलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।
फरार चन्दलाई फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालत पठाइएको उनकाे भनाइ छ ।