प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ। सभामुखले विधिभन्दा बाहिर रहेर बैठक सञ्चालन गरेको भन्दै श्रम संस्कृतिका सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

मन्त्रीले जवाफ दिइसकेपछि श्रम संस्कृतिका अध्यक्ष हर्कराज राईले प्रतिप्रश्न गर्न खोजेपछि सभामुख डोलप्रसाद अर्यालले रोकेका थिए। त्यसको विरोधमा श्रम संस्कृति पार्टीले विरोध गर्दै बेल घेराउ गरेको हो।

सुझावित समाचार