एकै संस्करणमा १३ व्यक्तिगत गोल
विश्वकपको इतिहासमा एउटै संस्करणमा एक खेलाडीले कीर्तिमानी रूपमा १३ गोल गरेका छन् । सन् १९५८ स्विडेनले आयोजना गरेको विश्वकपमा फ्रान्सका जस्ट लुइस फोटाइनले १३ गोल गर्दै रेकर्ड बनाएका थिए । उनको यो रेकर्ड कसैले पनि तोडेका छैनन् । विश्वकपमा कीर्तिमानी प्रदर्शन गरेका लस्ट लुइस्को निधन सन् २०२३ मा भएको थियो । उनी सन् १९५३ को सिजनमा उत्कृष्ट लयमा थिए । यस सिजनमा उनले ४४ गोल गरेका थिए । रायमोन्ड कोपा क्लबमा ६ सिजन बिताउँदा उनले १२१ गोल गर्न सफल भए । सन् २००४ मा फिफाले उत्कृष्ट १२५ फुटबल छनोट गर्दा उनी पनि परेका थिए ।
११औँ संस्करणदेखि उत्कृष्ट खेलाडी घोषणा
विश्वकपको इतिहासमा पहिलो १० संस्करणसम्म प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अवार्ड दिइने चलन थिएन । सन् १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकपदेखि उत्कृष्ट खेलाडीलाई अवार्ड दिने चलन सुरु भएको थियो । आयोजक अर्जेन्टिना मारियो केम्पेस प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । अर्जेन्टिनाले पहिलोपटक विश्वकप उचाल्दा उनले ६ गोल गरेका थिए । अर्को सिजनमा इटालीका विश्व च्याम्पियन खेलाडी पाओलो रोसीले उत्कृृष्ट खेलाडीको ट्रफी हात पारे । उनले पनि प्रतियोगितामा ६ गोल गरेका थिए ।
लगातार ब्राजिलका खेलाडी उत्कृष्ट
विश्वकपमा ब्राजिलले लगातार दुई संस्करणमा उत्कृष्ट खेलाडीको अवार्ड हात पारेको छ । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा ब्राजिल च्याम्पियन हुँदा रोमारियो उत्कृष्ट खेलाडी घोषित भए । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ब्राजिल उपविजेता बनेको थियो । आयोजक फ्रान्सले ब्राजिललाई हराएको थियो । तर, प्रतियोगिताको समापन दिनमा उपविजेता टोली ब्राजिलका रोनाल्डोले सबैलाई आश्चर्यचकित बनाउँदै उत्कृष्ट खेलाडीको ट्रफी जितेका थिए ।
धेरै खेलमा पराजित मेक्सिको
१८औँपटक विश्वकप खेलिरहेको मेक्सिकोले सबैभन्दा धेरै हारको सामना गरेको । मेक्सिकोले अहिलेसम्म विश्वकपमा ६१ खेल खेलेको छ । जसमा उसले २८ खेलमा हार व्यहोरेको छ । मेक्सिकोले समग्रमा १८ खेलमा मात्र जित निकालेको छ । धेरै हार सामना गर्ने टोलीमा साबिक विजेता अर्जेन्टिना हो । अर्जेन्टिनाले अहिलेसम्म ८८ खेल खेलेको छ । जसमा २४ खेलमा उसले हार नतिजा हात पार्यो । पाँचपटकको विजेता ब्रािजलले ११५ खेलमा १९ पटक हार नतिजा निकालेको छ ।