जेलेन्स्कीसँगको भेटमा ट्रम्पले भने- युक्रेन युद्ध पनि छिट्टै रोक्नेछु

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

फ्रान्समा राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अन्य जी–७ राष्ट्रका नेताबिचको ‘धेरै राम्रो’ बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग कुरा गर्ने क्रममा रुसले युक्रेनसँग शान्ति सम्झौता गर्नुपर्ने बताए । उनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताएका छन् । 

‘रुसले सम्झौता गर्नुपर्छ,’ ट्रम्पले भने, ‘मैले आठ युद्ध समाधान गरेँ । मैले समाधान गर्न सबैभन्दा सजिलो ठानेको युद्ध भने अझै चलिरहेको छ ।’ ट्रम्पले विभिन्न अवसरमा आठ युद्ध अन्त्य गर्न भूमिका खेलेको बताए पनि यसमाथि प्रश्न उठ्ने गरेको छ । जेलेन्स्की मंगलबार बिहान जी–७ राष्ट्रको बैठकमा सामेल भएका थिए । जी–७ मा संयुक्त राज्य अमेरिका, फ्रान्स, संयुक्त अधिराज्य, क्यानडा, जर्मनी, इटली, जापान र युरोपेली संघ समावेश छन् । जेलेन्स्कीले शिखर सम्मेलनको छेउमा ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग पनि कुरा गरे । 

‘मुख्य ध्यान युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउनु र कूटनीतिलाई अगाडि बढाउनु हो । यसले मात्र रुसलाई युद्ध अन्त्य गर्न दबाब हुनेछ,’ जेलेन्स्कीले बैठकपछि सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भने । अन्य युरोपेली देशका नेताले पनि बैठकले युक्रेनलाई सघाउने विषयमा सकारात्मक छलफल भएको बताए । उता जी–७ का नेताहरूले अमेरिका र इरानबिच हालै भएको युद्ध अन्त्य गर्ने सम्झौताबारे पनि छलफल गरेको बताइएको छ । योसँगै अब स्ट्रेट अफ हर्मुज जलडमरुलाई छिटोभन्दा छिटो पुनः खोल्नेबारे तयारी गर्नुपर्नेमा नेताहरू सहमत भएका छन् । 

See More On

सुझावित समाचार