मुक्तिनाथ विकास बैंकले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जा जिल्लामा रहेका विभिन्न विद्यायलका पाँच सय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
बैंकले पुतलीबजार– ३ स्थित पुण्यशिला आधारभूत विद्यालय, पुतलीबजार– ९ स्थित कोल्मा बराहचौर माध्यमिक विद्यालय र पुतलीबजार– १२ स्थित पेल्काचौरस्थित मनकामना माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको बैंकका संस्थापक एवं सञ्चालक भरतप्रसाद लम्सालले जानकारी दिए ।
बैंकले निक्षेप संकलन र ऋण प्रवाहसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र सोही क्रममा विद्यार्थीलाई सहयोग गरेको बताए । कार्यक्रममा मनकामनाका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शर्माले जेहेनदार र गरिब विद्यार्थीलक्षित यस्ता कार्यक्रमले विद्यार्थीमा हौसला बढेको बताए ।