बागमतीमा १३ मध्ये सिन्धुपाल्चोकबाहेक १२ जिल्लाको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । नुवाकोटका युवा सभापति रामेश्वर गजुरेल यसअघि कुनै दलमा आबद्ध थिएनन् । रास्वपाबाटै राजनीति सुरु गरेका उनी त्यसअघि सामाजिक कार्य र शिक्षण पेसामा थिए ।
भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत ढुवानी व्यवसायी तथा समाजसेवामा संलग्न व्यक्ति हुन् । ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन कला क्षेत्रमा सक्रिय हुँदै रास्वपा स्थापनाकालबाट राजनीतिक सुरु गरेका व्यक्ति हुन् ।
रसुवाका सभापति वसन्त भट्ट सभापति लामिछानेको मिसन र भिजनबाट प्रभावित भएर रास्वपामा आबद्ध भएका हुन् । त्यसअघि उनी राजनीतिक दलमा आबद्ध थिएनन् । काभ्रेका सभापति प्रवीणकुमार ढकालले पनि सभापति लामिछानेबाट प्रभावित भई रास्वपाबाटै राजनीति सुरु गरेका हुन् । त्यस्तै, रामेछापका सभापति रमेश रायमाझी कपडा व्यवसायी हुन् ।
सिन्धुलीका सभापति अविनाश बस्नेत व्यवसायी हुन् । विवेकशील अभियानबाट उनी रास्वपामा आएका हुन् । दोलखाका सभापति दिनेश बस्नेत रास्वपामा आबद्ध हुनुअघि एमालेको जिल्ला समिति सदस्य थिए । मकवानपुरका सभापति सञ्जीव पाठक माओवादीनिकट हुन् ।
चितवन उपनिर्वाचनको समयबाट रास्वपामा प्रवेश गरेका उनी अहिले नेतृत्वमा पुगेका हुन् । त्यस्तै, धादिङका सभापति राजन अर्यालको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । चितवनका सभापति मिनिमाधव खनालको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । काठमाडौं सभापति राजा शाक्यले एमालेबाट राजनीति सुरु गरेका हुन् ।