एनसेल डेटा सेन्टरले पायो एएनएसआई/टिआइए–९४२–सी प्रमाणीकरण

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

एनसेल डेटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टिआइए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फेसिलिटी सर्टिफिकेसन’को प्रमाणीकरण पाएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा मापदण्डलाई थप उजागर गर्ने बताइएको छ । इन्टिग्रेटेड डेटा सेन्टरका रूपमा समेत चिनिएको यो डेटा सेन्टर सरकारद्वारा सूचीकृत भएको नेपालकै पहिलो डेटा सेन्टर तथा क्लाउड सेवा हो ।

कम्पनीका अनुसार, यो प्रमाणीकरणले एनसेल डेटा सेन्टरको डिजाइन रेटिङ थ्रीको मापदण्डअनुसार रहेको पुष्टि गर्छ । यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेसन इन्डस्ट्री एसोसिएसन (टिआइए)बाट अधिकारप्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डेटा सेन्टर मिडिया एलएलपीले गरेको हो ।

‘यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोसेढुंगा हो, किनकि नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फेसिलिटीमा यो टिआइएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डेटा सेन्टर पहिलो हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने । 

सुझावित समाचार