यस्तो पनि...

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

सर्वाधिक उपविजेता जर्मनी
विश्वकपमा जर्मनी सर्वाधिक उपविजेता टोली हो । जर्मनी समग्रमा आठपटक फाइनल पुग्दा चारपटक उपविजेतामा सीमित भएको छ । सन् १९९० मा पूर्व र पश्चिम जर्मनी एकीकरणपछि जर्मनी एकपटक उपविजेता बनेको थियो । सन् २००२ को फाइनलमा जर्मनी ब्राजिलसँग पराजित भएको थियो । यसअघिका तीन फाइनल पश्चिम जर्मनीका रूपमा रहेको छ । जर्मनीले चारपटक तेस्रो स्थान रक्षा गरेको छ । 

दुई राष्ट्र एक–एकपटक विजेता
इतिहासमा दुई राष्ट्र मात्र यस्ता छन्, जसले समान एकपटक विश्वकप उपाधि जितेका छन् । इंग्ल्यान्ड र स्पेनले यस्तो उपलब्धि हात पारेका हुन् । सन् १९६६ मा घरमै आयोजना भएको विश्वकपमा इंग्ल्यान्ड विश्व च्याम्पियन बनेको थियो । त्यसयता इंग्ल्यान्ड फाइनल पुगेको छैन । यसैगरी, स्पेन सन् २०१० को च्याम्पियन हो । तत्कालीन समयमा टीकाटकी शैलीमा फुटबल खेल्दै विश्वमा राज गरेको स्पेन एकपटक मात्र फाइनल पुग्दा विजेता बनेको हो । 

विश्वविजेता पहिलो चरणबाटै फर्किए
विश्वविजेताका रूपमा अर्को संस्करणमा उपाधि रक्षा गर्नु ठुलो चुनौती हो । विश्वकप इतिहासमा पाँच राष्ट्रहरू यस्ता रहे, जसले साबिक विजेताका रूपमा अर्को संस्करणमा सहभागी हुँदा उपाधि रक्षा गर्न असमर्थ भए । यति मात्र नभएर ती पाँच विश्व च्याम्पियन पहिलो चरणबाटै घर फर्किए । सन् १९५० मा इटाली, सन् १९६६ मा ब्राजिल, सन् २००२ मा फ्रान्स, सन् २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनी तत्काल साबिक विजेता थिए । तर, उनीहरूले पहिलो चरण नै पार गर्न सकेनन् । 

आयोजकका रूपमा च्याम्पियन 
विश्वकप आयोजना गर्नु भनेको घरेलु समर्थक तथा मैदानको भरपूर फाइदा हुन्छ । यस्तोमा कतिपय संस्करणमा घरेलु टोली नै विजेता बनेका छन् । यस्तो २२औँ संस्करणसम्म यस्तो कीर्तिमान राख्ने केवल पाँच राष्ट्र मात्र रहे । सन् १९३० मा उरुग्वे, सन् १९३४ मा इटाली, सन् १९६६ मा इंग्ल्यान्ड, सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आयोजकका रूपमा च्याम्पियन बनेका थिए । 

सुझावित समाचार