७ असोजदेखि पोखरामा व्यावसायिक उडान भर्ने फ्लाई दुबईले खुला गर्‍यो बुकिङ

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

७ असोजदेखि पोखरामा व्यावसायिक उडान भर्न अनुमति पाएसँगै संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले बुकिङ खुला गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो ७ असोज (२३ सेप्टेम्बर) देखि दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएसँगै फ्लाई दुबईले बुकिङ खुला गरेको हो ।

फ्लाई दुबईलाई आउँदो ७ असोजदेखि ७ कात्तिकसम्म (२३ सेप्टेम्बरदेखि २४ अक्टोबरसम्म) दैनिक दुबई–पोखरा, पोखरा–दुबईको उडान अनुमति पाएपछि उडान तालिकासँगै बुकिङ खुला गरेको हो। फ्लाई दुबईले आफ्नो फेसबुक पेजबाट बिहीबार बुकिङ खुला गरेको जानकारी दिएको हो।

बुकिङ खुलासँगै अब यात्रुले फ्लाई दुबईको वेबसाइट र आफूलाई पायक पर्ने ट्राभल एजेन्सीमार्फत सिट बुक गर्न सक्ने भएका छन्। 

सुझावित समाचार