बिचाैलिया दीपक भट्टसहित ३९ जनाविरुद्ध २२ अर्बकाे सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

बिचाैलिया दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणकाे कसुरमा मुद्दा दायर भएकाे छ। २२ अर्ब ३९ कराेड रुपैयाँ बिगाे कायम गरी विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा आराेपपत्र पेस गरेकाे हाे।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर भएकाे हाे। सरकारी वकिल कार्यालयबाट आराेपपत्र आएकाे र दर्ताको क्रममा रहेकाे विशेष सरकारी वकिल कार्यालयकी सूचना अधिकारी पार्वती हितानले बताइन्।मुद्दा दायरका लागि भट्ट र साहिल अग्रवाललाई अदालतमा उपस्थित गराइएको छ। 

भट्ट र उनका साझेदारविरूद्व आजै जिल्ला अदालतमा बिमासम्बन्धी कसुर, धिताेपत्रसम्बन्धी कसुर र बैंकिङ कसुरकाे छुट्टै अभियाेगमा पनि अघि बढिसकेकाे छ।
भट्ट र शंकर समूहका साहिल अग्रवाललाई मुख्य प्रतिवादी बनाएर मुद्दा दायर भएकाे हाे। उनीहरू दुवै महिना दुई महिनादेखि हिरासतमा छन्।

सुझावित समाचार