कामना सेवा विकास बैंकले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी (ह्वाइट केन) वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा यो सहयोग गरेको हो । बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशील पौडेलले दृष्टिविहीन व्यक्तिलाई सेतो छडी वितरण गरेका हुन् । दृष्टिविहीनहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले छडी वितरण गरिएको पौडेलले बताए ।
बैंकका अनुसार दृष्टिविहीनका लागि सेतो छडी हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महŒवपूर्ण आधार हो । आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित समुदायका दृष्टिविहीनलाई यस्तो सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महŒवपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ ।