नेपालका लागि आइकारको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले लोकप्रिय आइकार भी–२३ मा सीमित–स्टक अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले ५० लाख ९९ हजारमै यो मोडेल खरिद गर्न सक्नेछन् । बजेटपछिको मूल्य ५३ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आइकार भी–२३ को मूल्य बढाइएको कम्पनीले जनाएको छ । तर, ग्राहको रुचि र विश्वासलाई ध्यानमा राख्दै सीमित गाडी पुरानै मूल्यमा उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
यस विशेष अफरमार्फत ग्राहकले तीन लाखसम्मको बचत गर्न सक्नेछन् । रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट ब्याट्री क्षमता, ४०१ किमिसम्मको ड्राइभिङ रेन्ज तथा २१० मिमि ग्राउन्ड क्लियरेन्सजस्ता विशेषताले यो मोडेललाई अझ विशिष्ट बनाएको दाबी कम्पनीको छ ।