रिलायन्स स्पिनिङ मिल्स र शिवम् प्लास्टिक सम्मानित

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघले दुई अग्रणी कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिजलाई सम्मान गरेको छ । निकासी व्यापारमार्फत नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै परिसंघले आफ्नो २३औँ वार्षिक साधारणसभाको अवसरमा कदरपत्रसहित उक्त सम्मान गरेको हो ।

यी दुवै गोल्यान ग्रुपअन्तर्गतका कम्पनी हुन् । रिलायन्स नेपालमा धागो उत्पादन गरी निर्यात गर्ने कम्पनी हो भने शिवम् प्लास्टिकले पोलिप्रोलिन ओभन फ्याब्रिक उत्पादन गर्दै आएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवाल, प्रमुख वित्त अधिकृत अनिल सोमानी, शिवम् प्लास्टिकका विशाल थापालगायत उपस्थित थिए ।

सुझावित समाचार