नेपाल च्याम्पियन

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

हङकङलाई १९ रनले हराउँदै नेपाल एसियाली खेलकुद २०२६ छनोटको उपाधि जित्न सफल भएको छ । 

सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले ११.३ ओभरमा ११४  रन बनाएको थियो। तर, वर्षा भएपछि नेपालले डिलक्स पद्धतिमा जितेको हो । 

यसअघि समूह चरणमा चीन र मलेसिया तथा सेमिफाइनलमा ओमानविरुद्ध सहज जित निकाल्न सकेन । नेपाललाई हङकङविरुद्ध विकेटका लागि संघर्ष गर्नुपर्याे ।  

पहिलो इनिङ्समा दुई खेलाडीले अर्धशतक बनाएपछि हङकङले बलियो स्कोर बनाएको हो । अंशुमन रथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा समान ६ चौका र छक्का प्रहार गरेका छन् । शतकतर्फ बढेका उनलाई शेर मल्लले लोकेश बमबाट क्याच गराएका थिए । 

सहिद वासिफले २४ बलमा ५५ रन बनाए । सात चौका र तीन छक्का हिर्काएका उनलाई शेर मल्लले बोल्ड गरेका थिए । त्यसबाहेक शिव माथुरले २१ बलमा २६ रन बनाए । 

यसअघि ओपनर निजाकत खान दुई तथा तेस्रो नम्बर क्रिजमा आएका बाबर हायत डकआउट भएपछि हङकङ दबाबमा आएको थियो । तेस्रो विकेटको लागि माथुर र अंशुमनबिच ३७ बलका लागि ४८ रनको साझेदारी भयो । वासिफ र अंशुमनबीिच नै ३९ बलमा ८४ रनको बलियो साझेदारी भएको हो । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि शेर मल्लले एक्लै चार विकेट लिए । उनले चार ओभरमा ३२ रन बनाए । करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछानेले भने एक विकेट लिए । समान चार ओभर बलिङ गरेका कप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी भने विकेटविहीन भएका थिए । 

प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र हङकङसँगै सेमिफाइनल पुगेका मलेसिया र ओमान जापानमा हुने एसियाली खेलकुदमा छनोट भएका छन् । अब, यी चार टिमले आयोजक जापानसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसँग खेल्नेछन् ।

सुझावित समाचार