नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उच्च दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला आठ हजार दुई सय रुपैयाँले घट्दै तीन लाख आठ सय रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला तीन लाख नाै हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत आइतबार सुनको मूल्य तीन लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ३३५ रुपैयाँले घटेर चार हजार ८९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य पाँच हजार ३४५ रुपैयाँ रहेको थियो।