राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार खनाल १९६ मतसहित विजयी हुँदा निवर्तमान जिल्ला सभापति विनय घिमिरेले १२४ मत मात्र पाए।
त्यस्तै, सभापतिका थप दुई प्रतिस्पर्धी केदार रजौरेले ६ र किरणकुमार आचार्यले दुई मत मात्र पाए। उपसभापतिमा नीराजन थापा २४१ मतसहित विजयी भएका छन्। उनकी प्रतिस्पर्धी सुनिता रावतले ८९ मत पाइन्। सचिवमा असिम भुसाल दुई सय मतसहित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत पाए।
सहसचिवमा प्रमिला रोकामगर १४८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत मात्र पाए। सदस्यमा प्रतापविक्रम पुनमगर, होताराम आचार्य, अनन्ता चौधरी, चुमान चौधरी विजयी भएका छन्। पवित्रा विक निर्विरोध चयन भएकी छिन्।
दाङका तीनवटै निर्वाचनमा क्षेत्रीय सभापति भने सर्वसम्मत रूपमा चुनिएका छन्। निर्वाचन संयोजक लोकमान रिजालका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन्।