ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सिंगापुरमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदा ९५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले नेपालले ९.२ ओभरमा आठ विकेट गुमाएर जित निकाल्यो।
प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका नेपालसहित ओमान, हङकङ र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाइसकेका छन् । अब, नेपालले आजै हुने दोस्रो सेमिफाइनल विजेतासँग सोमबार फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा मलेसिलया र हङकङ खेल्दै छन् ।
नेपालको जितमा लोकेश बमले २६ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४४ रन बनाए । कुशल भुर्तेलले मात्र २० रन बनाए । यसअघि कुशलले लगातार दुई शतक बनाएका थिए । रोहित पौडेल २० बलमा २१ रनमा अविजित रहे । यसअघि ओपनर आसिफ शेख मात्र एक रन बनाएका थिए ।
ओमानका लागि समीर ओथामनले दुई विकेट लिएका हुन् । यसअघि पहिलो इनिङ्समा ओमानका लागि कप्तान सफियान मोहम्मद ४२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबर १४ बलमा पाँच चौकासहित २२ तथा अबदुल्जाली खान १४ बलमा १६ रन बनाए । ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका हुन् ।