जेठ २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २२ जेठ, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ २३ गते शनिबारदेखि जेठ २९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने साता रहेको छ । बिहीबारदेखि थोरै लाभ भए पनि ठुलो आवश्यकता पूरा हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुन सक्छ । साताको अन्त्यमा ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । योजना गोप्य राख्नुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ भने व्यवसायबाट फाइदा नै हुनेछ । भूमि, वाहन र पैतृक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक समस्या हल गर्ने साता रहेको छ । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यावहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको सुरुमा खिन्नताले सताउन सक्छ । विश्वास गरेकाले धोका दिनेछन् । कुरा काट्नेहरू बढ्नेछन् । गलत विचार आउनुको साथै धार्मिक कार्यमा अरुचि बढ्नेछ । विनाकारण दुःख पाउने समय छ । साताको अन्त्यमा बौद्धिकता बढ्ने समय रहेको छ । राज्यबाट सम्मान पाउने योग छ । बोलीको प्रभावमा अरूको मन जित्न सकिए पनि परिवारबाट सहयोग मिल्नेछैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशंसनीय कार्य गर्ने अवसर मिल्नेछ । भेटघाटमा अरूबाट हुने प्रशंसाले खुसी हुने योग छ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकाले गरेका कामबाट आम्दानीको सोत प्रशस्त प्राप्त हुनेछ । सन्तानपक्षबाट सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा साता बित्नेछ । सुखद यात्राको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिस्पर्धीहरूले औँला ठड्याउने अवसर पाउनेछन् । अनपेक्षित वादविवादमा पर्ने सक्ने योग भएकाले संयमता अपनाउनु वेश हुनेछ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुन सक्छ । काममा अधिकारप्राप्तिका लागि तर्क, बहस र छलफलमा समय बिताउनुपर्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । विश्वासमा धोका हुने भएकाले विश्वासमा भन्दा प्रयासमा अघि बढ्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समग्रमा यो साता राम्रो छ । सुरुमा नैराश्यता र उदासीनता बढ्नुका साथै धार्मिक कार्यमा संलग्न हुँदा अपजस पाउने योग छ । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ । कुरा काट्नेहरूले मौका पाउनेछन् । लेनदेनमा अघि नबढ्नु नै उचित होला । संयम भएमा आइतबारदेखि पढाइमा राम्रो सफलता प्राप्त होला । व्यापारमा गरेका प्रयास फलदायी रहनेछन् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुरुमा नैराश्यता र उदासीनता बढ्नुका साथै धार्मिक कार्यमा संलग्न हुँदा अपजस पाउने योग छ । लेनदेनमा अघि नबढ्नु नै उचित होला । धन मनग्ये कमाउने योग छ । सभा–सम्मेलनमा संलग्न झई अन्तर्त्रिया गर्ने अवसर पनि पाउनुहोला । साताको अन्त्यमा राज्यले तपाईंको इमान्दारिताको मूल्यांकन राम्रो गर्नेछ । ठुला व्यक्तिसामु आफूलाई स्थापित गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसा–व्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ, आकांक्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउनेछैन । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउनेछन् । धार्मिक/सामाजिक काममा मन जाला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अचल सम्पत्ति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइनेछैन । साताको अन्त्यमा गरेका कामबाट ठुलो उपलब्धि लिन सकिँदैन र श्रमको समुचित मूल्यांकन नहुनाले दिक्क लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खर्च बढ्ने र काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । काममा अवरोध खडा गर्नेहरू प्रशस्तै हुनेछन् । झुटा आरोप लगाउने प्रयास पनि धेरै हुनेछन् । आइतबारदेखि भोजभतेरमा संलग्न भई अन्तर्क्रिया गर्ने अवसर मिल्नेछ । पराक्रम बढ्नेछ । सोच्ने शक्ति बढ्नेछ । महत्वपूर्ण जिम्मेवारी आफूमाथि आउनेछ । घरजग्गा जोड्ने समय छ । राज्यबाट सम्मान पाउने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा अलि चुनौतीसँग सामना गर्नुपर्ला । स्वास्थ्य कमजोरी हुनुका साथै झमेला व्यहोर्नुपर्दा आफन्तजनहरू टाढिन सक्छन्, निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैको हातमा जाने सम्भावना छ । बिहीबारदेखि भने प्रयत्नले महत्वपूण काम भने बन्नेछ, प्रशस्त धनार्जन हुने योग छ, सहयोगीहरूको पनि राम्रै साथ मिल्नेछ, काममा सोचेजस्तै सफलता मिल्नेछ ।

See More On

सुझावित समाचार