राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पारदर्शी भएको बताएका छन्। कार्यवाहक राजदूतलाई समेत राखेर भारतीय पक्षसँग अर्थकूटनीतिलाई केन्द्रमा राखेर आफूले छलफल गरेको उनले बताए।
भ्रमणबाट फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई राजनीतिबाट अर्थराजनीतिमा अवलम्बन गर्ने प्रयास भएको बताए । सीमा विवादको विषयमा कूटनीतिक माध्यमबाट संवाद अघि बढिरहेको उनको भनाइ छ। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने लामिछानेले बताए। आफूलाई भारतमा भएको आतिथ्यता सिंगो नेपालीप्रतिकै सम्मान भएको उनको टिप्पणी छ।