सिंहदरबारभित्र टहराका क्यान्टिन जेठ मसान्तभित्र हटाइँदै

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले सिंहदरबारमा अस्थायी टहरामा सञ्चालित क्यान्टिन (चमेनागृह) हटाउने भएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले १२ जेठमा पत्र पठाउँदै टेन्डर प्रक्रियामा नरहेको र अस्थायी टहरामा रहेका क्यान्टिन १५ दिनभित्र हटाउन निर्देशन दिएको थियो ।

टहरामा रहेका क्यान्टिन हटाएर स्थायी संरचनाका क्यान्टिन मात्र चलाउन दिने सरकारको तयारी छ । ३१ भदौ ०७५ मा मुख्यसचिवस्तरीय निर्णयबाट अस्थायी टहराका क्यान्टिन हटाउन पत्राचार भएको थियो । संघीय सचिवालय निर्माण कार्यालयले सोही निर्णय स्मरण गराएर पत्र पठाएको छ । 

See More On

सुझावित समाचार