समस्याग्रस्त पशुपति सेभिङ एन्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण उठाउने उद्देश्यले उनीहरूको नाम सार्वजनिक गरेको हो।
पशुपति सहकारी काभ्रेका सिबी लामाको समूहले चलाएको सहकारी हो। सोही समूहको कान्तिपुर सहकारी पनि समस्याग्रस्त छ। दुवै सहकारीका बचतकर्ताले बचत पाउन सकेका छैनन्।