रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका– २, घर्तीगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना भएको हो ।
अस्थायी नम्बर प्लेट एमएच १४ टिसिजे ४७१ नम्बरको बोलेरो सडकबाट ५००–६०० मिटर तल खसेको थियो । घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
गाडी जस्तापाता र प्लास्टिकका पाइप बोकेर गएको थियो ।