कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने झापा दमक नगरपालिका– ८ निवासी २८ वर्षीय दिप्सन चौधरी (दिवस) रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो।
जिल्ला अदालत झापाले ०७९ चैत १९ गते कर्तव्य ज्यान मुद्दामा चौधरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ।
१० वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।