स्वरोजगार प्रवर्द्धन गर्न ज्योति विकास बैंकले दियो सिलाइ मेसिन

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ मेसिन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १० र १२ का सिलाइसम्बन्धी तालिम लिएका लक्षित वर्गलाई मेसिन हस्तान्तरण गरेको हो । बैंकले वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा उक्त सहयोग गरिएको जनाएको छ ।

बैंकको पहलमा प्रदान गरिएको सिलाइ मेसिनले सिप भएका, तर आवश्यक उपकरणको अभावमा आयआर्जनका अवसरबाट वञ्चित नागरिकलाई स्वरोजगारतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ । यो सहयोगले स्थानीयस्तरमा सिपमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक रूपमा कमजोर वर्गका व्यक्तिहरूको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा बैंकको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई समुदायको आवश्यकता, समावेशी विकास र दिगो सामाजिक प्रभावसँग जोड्दै आएको छ । शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधार, वातावरण संरक्षण तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चालू आथिर्क वर्षको चैत मसान्तसम्म करिब ६८ करोड रुपैयाँ राजस्व बुझाइसकिएको बैंकको भनाइ छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी एक सय १७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सुझावित समाचार