सन् १९४६ : इटली संसदीय गणतन्त्र घोषित । जनमतसंग्रहमा ८९ प्रतिशत इटालियनले भाग लिए । त्यस्तै, जनमतसंग्रहमा पहिलोपटक महिला पनि सहभागी थिए ।
सन् १८१८ : ब्रिटिस सेनाले भारतको बम्बईमा मराठा गठबन्धनलाई पराजित गर्यो ।
सन् १८४० : अंग्रेजी उपन्यासकार तथा कवि थोमस हार्डीको जन्म ।
सन् १८८६ : २१ वर्षीया फ्रान्सेस फोलसमले तत्कालीन अमेरिकी राष्ट्रपति ग्रुभर क्लेभलेन्डसँग विवाह गरिन् । उनी अमेरिकी इतिहासमै पहिलो प्रथम महिला बनिन् ।
सन् १९२४ : अमेरिकाद्वारा भारतीय मूलका अमेरिकीलाई पूर्ण नागरिकता प्रदान ।
सन् १९२८ : राष्ट्रवादी नेता चियाङ काई सेकले चीनको पेकिङलाई रक्तहीन ढंगले कब्जा गरे ।
सन् १९५३ : बेलायतमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक । लन्डनको वेस्टमिन्स्टर एबेमा भएको राज्याभिषेक इतिहासमा पहिलोपटक टेलिभिजनमा प्रसारण गरिएको प्रमुख अन्तर्राष्ट्रिय घटना थियो । बुबा राजा जर्ज छैटौँको मृत्युपछि एलिजाबेथ राजसिंहासनमा विराजमान भएकी थिइन् ।