लेग स्पिनर सन्दीप लामिछाने तथा अलराउन्डरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले श्रीलंकाको लंका प्रिमियर लिग खेल्ने भएका छन्। सोमबार भएको खेलाडी ड्राफ्टबाट जाफ्ना किंग्सले सन्दीप र दीपेन्द्रलाई अनुबन्ध गरेको हो।
ओपनर कुशललाई कोलम्बो काप्सले भित्र्याएको छ। अनुबन्ध भएसँगै सन्दीपले २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँ) पाउने पक्का भएको छ। यस्तै, कोलम्बो काप्समा अनुबन्ध भएका कुशल र जाफ्ना किंग्समा अनुबन्ध भएका दीपेन्द्रले समान १५ हजार अमेरिकी डलर पाउनेछन्।
लंका प्रिमियर लिगमा ५ टिम सहभागी भएका छन्। हालसम्म जफ्नाले चारपटक जित्दा बी लभ क्यान्डीले एक पटक उपाधि हात पारेको छ। छैटौँपटक हुन लागेको लिग १७ जुलाई देखि ८ अगस्टसम्म हुनेछ।