केही दिनयता लगातार घटिरहेको सुनको मूल्यमा आज एकाएक ठुलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २० हजार पाँच रुपैयाँले बढेको हो।
गत शुक्रबार प्रतितोला दुई लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तीन लाख ११ हजार एक सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी पाँच हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज सुन प्रतिऔँस चार हजार ७३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ८७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।