सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट छुट्याएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरेको बताए।
‘नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छु,’ उनले भने। जसमध्ये स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट छुट्याइएको उनको भनाइ छ।