खेलकुदमा चार अर्ब तीन करोडको बजेट, १० रंगशालामा फ्लड लाइट जडान हुने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल सरकारले खेलुकदतर्फ आगामी आर्थिक वर्षको लागि चार अर्ब तीन करोड बजेट छुट्याएको छ । त्यस्तै, फुटबलका आठ हजार दर्शक क्षमताका मैदानमा १० वटा फ्लड लाइट जोड्ने घोषणा गरेको छ । 

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो घोषणा गरेका हुन् ।

त्यस्तै, देशका प्रमुख आठ सहरमा क्रिकेट मैदान बन्ने बनाउने र विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा दुई हजार क्षमताको इन्डोर कभर्डहल तीन वर्षभित्र बनाउने घोषणा गरिएको छ । 

मूलपानी, गिरिजा प्रसाद र फाल्पाका लागि मोडालिटी बनाउने त्यस्तै, विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र आवकाशप्राप्त खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ । 

यस्तै, कर्णाली प्रदेशमा आयोजना हुने दशौँ र मधेशमा हुने एघारौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याएको छ ।

सुझावित समाचार