पुँजी अभावले चल्न नसकेका व्यवसायलाई पुनरुत्थान कर्जा

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

आगामी आवको बजेटले पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग–व्यवसायलाई राहत दिने भएको छ।

शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग–व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा प्रदान गरी क्षमता विस्तार र वृद्धिमा प्रोत्साहन गरिने बताए।

सुझावित समाचार