स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारिखका लागि असार ११ बोलाइएको छ । बुधबार तारिख लिन गएका लामिछानेउपर काठमाडौं जिल्ला अदालतले अर्काे तारिख असार ११ गते तोकेको हो ।
सोही मुद्दामा बाहिरी जिल्लामा पठाइएका म्याद तामेली भई प्राप्त हुन बाँकी रहेकाले असार ११ गतेका लागि तोरिख तोकेको अदालतले जनाएको छ ।