पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सम्पत्तिसम्बन्धी प्रश्नकाे छानबिन गर्न गठित समितिले मंगलबार बयान लिएकाे छ ।
स्राेतका अनुसार गुरुङले मंगलबार समितिलाई बयान दिएका छन् । उनकाे आज पनि बयान जारी रहने समिति स्राेतले जनाएकाे छ ।
गुरुङकाे सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा सरकारले पूर्वन्यायाधीशकाे नेतृत्वमा न्यायिक समिति गठन गरेकाे छ ।