नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

पछिल्लो दुई दिन दोहोरो अंकले बढेको सेयर बजारमा मंगलबार पुन गिरावट देखिएको छ। आज नेप्से परिसूचक ९.२४ अंकले घटेर दुई हजार ७७७.१० विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा पनि गिरावट आएको छ। एक करोड १८ लाख ७२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ। यसअघि सोमबार पाँच अर्ब ८७ करोडको सेयर किनबेच भएको थियो।

आज म्युचल फन्ड र निर्जीवन बिमा समूहको सूचक वृद्धि हुँदा बाँकी सबै समूह राताम्य भएका छन्। सबै समूहको परिवर्तन एक प्रतिशतभन्दा कम छ।

बजार घटे पनि कालिन्चोक हाइड्रो ९.२३ र कुथेली बुखारी ६ प्रतिशतले उकालो लागेकाे छ। सर्वाधिक घटेको सुपर खुदी र ग्रिन डेभलपमेन्ट बैंकको गिरावट तीन प्रतिशतभन्दा धेरै छ।

सुझावित समाचार