भारतको लगातार तेस्रो जितसँगै समूह उपविजेता बन्यो नेपाल

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

भारतले काभा महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेसँगै समूह ‘ए’को विजेता बनेको छ।

सोमबार भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो। भारतले २५–१४, २६–२४ र २५–१३ ले खेल आफ्नो पक्षमा पारेको हो।

यो जितसँगै समूहमा भारतको तीन खेलबाट आठ अंक भएको छ। दुई खेल मात्रै जितेको नेपालको सात अंक छ। एक खेल जितेको किर्गिस्तानको तीन अंक रह्यो भने माल्दिभ्स अंकविहीन भएको छ।

अब, नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आज साँझ हुने कजाकिस्तान र इरानबिचको खेलसँगै समूह ‘बी’को विजेता र उपविजेता टुंगो लाग्नेछ।

सुझावित समाचार