नेपाली कांग्रेसले अन्य पार्टीबाट समायोजन भएकाहरूको सदस्यतासम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १३ जिल्लामा प्रतिनिधि तोकेको हो।
बैठकले डा. गोपाल दहित (बारा), आंगेलु शेर्पा (सिराहा), अब्दुल सत्तार (धनुषा), राजीव ढुंगाना (सप्तरी), कुसुम थापा (सोलुखुम्बु), देवप्रसाद तिमिल्सिना (सर्लाही), तिलक रानाभाट (सुर्खेत), प्रमोदहरि गुरागाईं (महोत्तरी), टेकराज पौडेल (कपिलवस्तु), जगदीशनरसिंह केसी (सुनसरी), कमलकिशोर घिमिरे (रौतहट), कृष्ण रिजाल (पर्सा) र ईश्वर अधिकारी (काठमाडौं)लाई जिम्मेवारी तोकेको हो।
यसैगरी, १४औँ महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५औँ महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानै सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्ने निर्णयसमेत भएको छ।