इलेक्ट्रोनिक्स ब्रान्ड माइडियाले नेपाली बजारमा डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । एमडिआरटी २९४एफजिजी२८एनपी मोडेलका रेफ्रिजेरेटरले परिवारको दैनिकीलाई थप सहज बनाउने बताइएको छ । ग्राहकले घरायसी उपकरणमा आकर्षक डिजाइनसँगै सुविधा, ऊर्जा दक्षता र भरपर्दो कार्यक्षमताको अपेक्षा गर्न थालेपछि कम्पनीले नयाँ मोडेल बजारमा ल्याएको कम्पनीको भनाइ छ ।
२१० लिटर स्टोरेज क्षमता रहेको उक्त रेफ्रिजेरेटर साना तथा मध्यम आकारका परिवारलाई लक्षित गरिएको छ । यी रेफ्रिजेरेटरमा डाइरेक्ट कुल नन–इन्भर्टर प्रविधि प्रयोग गरिएको छ, जसले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउने बताइएको छ । साथै, इजी मेकानिकल टेम्पे्रेचर कन्ट्रोलमार्फत प्रयोगकर्ताले आवश्यकताअनुसार तापक्रम सजिलै नियन्त्रण गर्न सक्नेछन् ।
यसमा स्पेसिअस बिग कुलिङ जोन प्रविधि जडान गरिएको छ, जसले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्री लामो समयसम्म ताजा राख्न सहयोग गर्ने कम्पनीको दाबी छ । दैनिक प्रयोगलाई सहज बनाउन वन टच डिफ्रस्ट सिस्टम जडान गरिएको छ भने लो फ्रस्ट प्रविधिले अत्यधिक बरफ जम्ने समस्या कम गर्नेछ ।त्यसैगरी, यसमा रहेको ड्युरेबल टेम्पर्ड ग्लास सेल्भ्स प्रयोग गरिएको छ ।
जसका कारण बढी तौल भएका सामग्री सुरक्षित रूपमा राख्न सकिनेछ । लो नोइस पफर्मेन्सले घरको शान्त वातावरणमा असर नपर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार उत्पादनमा दुई वर्षको वारेन्टी तथा कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध हुनेछ । यी उपकरण सिजी इलेक्ट्रोनिक्सले बजारमा उपलब्ध गराउँदै आएको छ ।