बैंकिङ कसुर मुद्दामा फरार प्रणवलाल सिंह पक्राउ

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका– २२ निवासी ५३ वर्षीय प्रणवलाल सिंहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौं महानगरपालिका– १३ छाउनी क्षेत्रबाट पक्राउ गरिएको हो।

सुझावित समाचार